• ५ असोज २०८३, सोमबार
  • ९ः३२ राती

देशभर लकडाउन, काठमाडौँ उपत्यका सुनसान

प्रकाशित मिति

२०७६ चैत्र ११ गते, मंगलवार १२:१७

काठमाडौं, सरकारको मंगलबारको निर्णय अनुसार आजदेखि पूरै देश लकडाउन भएको छ । कोरोना नियन्त्रण उच्चस्तरीय समितिको सोमबारको बैठकले आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार बिहानैदेखि लकडाउन सुरु भएको हो ।

National Life

लकडाउनसँगै यतिवेला काठमाडौंका सडक सुनसान भएका छन् भने, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले चेक जाँचमा कडाइ थालेको छ । ललितपुर, भक्तपुर र काठमाडौं छिर्ने नाकाहरु ठप्प छ भने उपत्यका बाहिरका सबै जिल्लाहरुमा समेत ठप्प पारिएको छ । सुरक्षाकर्मीले सबैलाई सहयोग गरिदिन आग्रह समेत गरेको छ ।

सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार केहीबेरमा देशैभरि प्रहरी पनि परिचालनको तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् । सरकारको यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

प्रतिकृया