• ५ असोज २०८३, सोमबार
  • ७ः४५ बेलुका

मदन पुरस्कार विजेता महेशविक्रम शाह भ्रष्टाचारमा मुछिए

प्रकाशित मिति

२०७६ फाल्गुन २१ गते, बुधबार ०८:५१

काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआइजी महेशविक्रम शाह भ्रष्टाचारमा मुछिएका छन् । २०७२ सालमा प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरिरहेको थियो ।

National Life

अख्तियारले उनीसँग पटक पटक बयान लिइसकेको छ । उनीविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको स्रोतले जनाएको छ । शाह डिआइजी पदबाट गत माघमा अवकाश भएका हुन् । शाह भ्रष्टाचारमा मुछिएपछि प्रहरी प्रधान कार्यालयले पनि उनीमाथि अनुसन्धान गरेको थियो ।

डिआइजी शाहसहित तत्कालीन लेखापाल प्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक प्रहरी हवल्दार केशव सिंह ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखेविरुद्ध पनि मुद्दा दायर गरिएको छ । उनीहरुले तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया