• ५ असोज २०८३, सोमबार
  • ३ः५८ राती

कांग्रेसद्वारा संसद अवरोध हट्यो, सदन सुचारु भएपनि आन्दोलन जारी रहने चेतवानी

प्रकाशित मिति

२०७६ माघ २८ गते, मंगलवार ०२:०९

काठमाडौं, प्रतिनिधिसभाको बैठक आजबाट सुचारु भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकबाट तीन पटकसम्म अवरुद्ध प्रतिनिधि सभाको बैठक सुचारु गर्न दिने निर्णय गरेपछि कांग्रेसले प्रतिनिधि सभाको अवरोध हटाएको हो ।
आजको प्रतिनिधिसभा बैठकमा कांग्रेस सचेतक पुष्पा भुषालले सदन सुचारु भएपनि सरकारले राजनीतिक प्रतिसोधका आधारमा मुद्दा चलाएको विषयमा कांग्रेसले आन्दोलन जारी राख्ने बताउनुभयो ।

National Life

अख्तियारलगायत संवैधानिक अंगहरु सरकारको प्रवाहमा परेर कुनै गलत काम गर्नु हुन्न कुनै निर्णय गर्नुहुन्न भन्ने सन्देश दिन कांग्रेसले सदन अवरोध गरेको उहाँको भनाइ थियो । प्रतिनिधि सभाको बैठक उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गराएको भ्रष्टाचार मुद्दाको विरोधमा अबरुद्ध गर्दै आएको थियो ।

प्रतिकृया