२० बर्षपछि भेटिएको नोकिया फोनमा ७० प्रतिशत चार्ज बाँकी
प्रकाशित मिति
२०७६ माघ २० गते, सोमबार १०:५३
एजेन्सी। सन् २००० मा सार्वजनिक भएको नोकिया ३३१० कुनै समय विश्वभर निकै चर्चित थियो । धेरै दिनसम्म चार्ज नगरी चलाउन सकिने तथा जोडले खसे पनि फोन नफुट्ने हुँदा यो मोडलको मोबाइल प्रयोगकर्तामाझ निकै विश्वासिलो बन्न पुगेको थियो । केही समयअगाडि एक व्यक्तिले आफूले हराइरहेको नोकियाको ३३१० मोडल भेट्टाएका हुन् ।
केभिनले बताएअनुसार उनले आफ्नो फोन कहिले पनि चार्ज नगरेको र आफूले कहिले पनि नोकियाको चार्जर किनेका नै छैनन् । बैज्ञानिकहरूका अनुसार नोकिया फोनले नवीकरणीय ऊर्जा पैदा गर्ने सक्दा यस्तो भएको बताएका छन् । नोकिया ३३१० ब्याट्री स्थायी गति जस्तै हो । यो अवस्थित हुनु हुँदैन, तर यो छ । एउटा नोकिया ३३१०ले एक सहरलाई नै ऊर्जा दिन सक्ने चेसायर कलेजका डाक्टर इभोर बिग्नोबले बताए । षडयन्त्र सिद्धान्तहरूका अनुसार जीवाश्म ईन्धनको धम्की र अन्डरहैंड रणनीतिहरूको कारण नोकिया ३३१० को उत्पादनमा रोक लगाइएको हो । किन भने यसमा भएको ब्याट्रीले कहिल्यै पनि नसकिने हुँदा जीवाश्म ईन्धन उद्योगलाई घाटा पर्न सक्छ । केभिनको फोन अहिलेसम्म पनि चलिरहेको छ । उनले उक्त फोनले मेसेज गर्ने तथा हतौँडाका रूपमा पनि प्रयोग गरिरहेका छन् ।
बेलायतको इलेस्मेर पोर्ट सहरमा निर्माण कम्पनीमा काम गर्ने केभिन मूडीले आफ्नो दराजको एक कुनामा फोन भेट्टाएका थिए । आफ्नो घरको साँचो खोजिरहेका ती व्यक्तिले दराजको कुनामा फोन भेट्टाएका हुन् । फोन अझै पनि चलिरहेको अर्थात् स्वीच अन नै रहेको थियो । केभिनले फोन २० वर्षपछि भेटेका हुन् । फोनमा अझै ७० प्रतिशत ब्याट्री चार्ज बाँकी नै थियो । उनले आफ्नो मोबाइलको बारेमा भुलिसकेका थिए । तर, अचानक २० वर्षपछि भेटेको मोबाइलमा ७० प्रतिशत चार्ज देख्दा उनी अचम्म भए ।






प्रतिकृया