कोरोना भाइरस : अमेरिका र अष्ट्रेलियाले लगाए बिदेशी नागरिकलाई भ्रमण गर्न प्रतिबन्ध
प्रकाशित मिति
२०७६ माघ १९ गते, आईतवार ०८:०९
काठमाडौँ : कोरोना भाइरसको सङ्क्रमण फैलने क्रम तीव्र गतिमा बढेपछि विश्वव्यापी रुपमा सतर्कता बढाइएको छ । विश्वका धेरै देशहरुले कोरोनाको प्रकोप आफ्नो देशमा फैलन नदिन अनेकन उपायहरु अबलम्बन गरिरहेका छन् ।
अमेरिका र अष्ट्रेलियाले पछिल्ला दुई हप्ता चीन भ्रमण गरेका विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेश निधेष गरेको बिबिसीले जनाएको छ। यस्तै अमेरिकामा चीनबाट फर्किएका आफ्ना सबै नागरिकलाई १४ दिन डाक्टरहरुको निगरानीमा राख्न थालिएको छ ।
यस अघि रसिया, जापान, पाकिस्तान र इटाली लगायतका देशहरूले यस्तै यात्रा प्रतिबन्धको घोषणा गरेका थिए।
चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ३०४ जनाको मृत्यु भइसकेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
चीनले कोरोनाबाट सक्रमणमा रहेका हरुलाई छुट्टै अस्पतालमा राख्नका लागि अस्पताल तयार गरिसकेको छ। उसले ११ दिनमै नयाँ अस्पतालको निर्माण गरिसकेको छ। कोरोना भाइसबाट संक्रमणमा परेकालाई छुट्टै अस्पतालमा राखेर उपचार गर्ने जनाएको छ। नेपालमा पनि कोरोना भाइसको सक्रमण भेटिएको छ। यसको संक्रमण भारतमा पनि देखिएको छ।
भाइसका कारण नेपालसहित १८ देशमा फैलिसकेको छ। नेपालस्थित चीनिया दूतावसले पनि चीनमा रहेका नेपाली नागरिकको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको जनाएको छ भने नेपालले पनि आफ्ना नागरिकको उद्दारका लागि दुईवटा छुट्टै जहाज तयारी अवस्थामा रहेको जनाएको छ।






प्रतिकृया