• 11:57 pm

बालुवाटारमा नेकपाका केन्द्रीय सदस्यलाई  रात्रिभोजको निमन्त्रणा !

प्रकाशित मिति

February 2, 2020

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसदहरुलाई आइतबार साँझ ६ बजे रात्रिभोज दिइने भएको छ । नेकपाका एक केन्द्रीय सदस्यले बताएअनुसार साँझ ६ बजे रात्रिभोजका लागि सवै केन्द्रीय सदस्य तथा सांसदहरुलाई बालुवाटारमा निमन्त्रणा गरिएको छ ।

केन्द्रीय समिति बैठकमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भइरहेका बेला नेतृत्वले नेताहरुलाई भोज खुवाएर उनीहरुको आक्रोशलाई मत्थर पार्ने प्रयास गरिएको हुनसक्ने एक केन्द्रीय सदस्यले बताए । जारी केन्द्रीय समिति बैठक आइतबारै सक्ने तयारी छ । बैठक सकिएपछि नेताहरु जिल्ला फर्कने भएकाले आजै सबैलाई समेटेर रात्रिभोजको व्यवस्था गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिकृया