• ५ असोज २०८३, सोमबार
  • ६ः२५ बेलुका

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

प्रकाशित मिति

२०७६ माघ ९ गते, बिहीबार ११:२०

काठमाडौं, भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चाँगुनारायणमा मोटरसाइकल पल्टिँदा दुवाकोट बस्दै आएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ का २० बर्षीय गणेश वयलकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

National Life

चाँगुनारायण नगरपालिका–२ को महाङ्कालमा बुधबार राति बा ६७ प ४८७१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर पल्टिँदा वयलकोटी गम्भीर घाइते भएका थिए । वयलकोटीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिकृया