• ५ असोज २०८३, सोमबार
  • ५ः१२ बेलुका

दीपक मनाङेद्वारा एन्फा अध्यक्षलाई मुक्का प्रहार

प्रकाशित मिति

२०७६ माघ ८ गते, बुधबार ०६:५६

पोखरा । गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गरेका छन्। गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मंगलबार प्रदेश सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई मुक्का प्रहार गरेका हुन्।

National Life

पटक,पटक विवादमा आइरहने गुण्डा नाइकेका रुपमा परिचित राजिव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री कप खेल्न मनाङबाट आएको टोलीलाई अभ्यास मैदान र बस्ने ठाउँ नमिलाईदिएको भन्दै मुक्का प्रहार गरेका थिए। मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममा सहभागि हुन भनेर सांसद मनाङे कार्यक्रममा पुगेका थिए।
आयोजकले उनलाई आसनग्रहणका लागि बोलायो। आसन ग्रहणका लागि मञ्चतर्फ जानेबेलामा मनाङे र एन्फा अध्यक्ष मिलन गुरुङबीच जम्का भेट भयो। त्यहिबेला सांसद मनाङेले मनाङबाट आएको आफ्नो खेलाडीलाई किन अभ्यास मैदान र बस्ने ठाउँ नमिलाईदिएको भनेर प्रश्न गरे। जवाफमा एन्फा अध्यक्ष मिलनले अध्यासका लागि प्रदेश प्रहरीको खेल मैदान भनिसकेको बताए। मनाङेले आफ्ना खेलाडीले अझै अभ्यास गर्न नपाएको भन्दै आक्रोस पोखे। त्यो बिचमा दुई जनाबीच केहिबेर भनाभन भयो । करीब ५,७ मिनेट भनाभन भएपछि मनाङेले एन्फा अध्यक्ष मिलनको छातीमा धकेले। मनाङेले हात हालेपछि मिलनले छल्न खोजे। त्यहिबेला फेरि मनाङेले लात्तिले खुट्टामा प्रहार गरे। सो प्रहार पनि सोंचेजस्तो नलागेपछि मनाङेले गालामा प्रहार गरे। उनको प्रहार गालाको तल्लो भागमा लाग्यो।

एन्फा अध्यक्ष मिलन गुरुङले सांसद मनाङेले आफूलाई ३ पटक प्रहार गरेको बताए। अभ्यास मैदान मिलाउँदा मिलाउँदा पनि आफूलाई पिटेको उनको भनाई छ। हामीले अभ्यास मैदानका लागि प्रहरीलाई भनिसकेका छौं, उनले भने, तर एकहप्ता अघिदेखि आएको टिमलाई हामीले बस्ने र खाने ब्यबस्था गर्न सक्दैनौं, त्यसकै रिस उसले म माथि पोखेको हो।’ प्रतियोगितामा बिफोर डे र आफ्टर डे हुन्छ, उनले भने, त्यो बाहेक हामीले टिमलाई ब्यबस्था गर्न सक्दैनौं, जबरजस्ती गर भनेर मात्र हुँदैन।’ आफूले पनि मुक्का फर्काउन सक्ने भएपनि सांसद भनेर छाडेको उनले बताए। मैले पनि हान्न सक्थेँ, उनले भने, तर सांसद भनेर हानिनँ, खेल बिथोलिन्छ कि भनेरपनि सहेर बसेँ।’ आफू पिटिएपनि प्रहरीमा जाहेरी भने नदिने उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

सांसद मनाङेले भने एन्फा अध्यक्ष मिलन गुरुङले झुक्याउने काम गरेकाले झापड हानेको बताए । मैले धकेलेको मात्रै होइन झापड हानेको हुँ, उनले भने, त्यो मिलन भन्ने मान्छे कामै नलाग्ने रहेछ, त्यो त ठग पो रहेछ, त्यसलाई सबै कुरा सिकाउन झापड हानेको हुँ।’
साभार : नागरिक दैनिक

प्रतिकृया