• ५ असोज २०८३, सोमबार
  • ५ः४७ बेलुका

माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते

प्रकाशित मिति

२०७६ पुष १९ गते, शनिबार १२:०९

तनहुँ , तनहुँको म्याग्दे गाउँपालिका–२ माथिल्लो गुणादीमा माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । शुक्रबार पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा ४ ख ८४१४ नम्बरको माइक्रोबस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

National Life

घाइतेहरुको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार गराइएको छ । घाइतेमध्ये शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा बस्ने १८ वर्षीय सोनी गुरुङ र पोखरा महानगरपालिका–३३ बस्ने ६० वर्षीय कौशिला हितान मगरलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन् ।

प्रतिकृया