• ५ असोज २०८३, सोमबार
  • ४ः०१ बिहान

अभिनेता ब्रुस लीकीको फोटो प्रयोग गर्ने रेस्टुरेन्टविरुद्ध मुद्दा

प्रकाशित मिति

२०७६ पुष १३ गते, आईतवार ११:१६

एजेन्सी, मार्सल आर्ट फिल्मका अभिनेता ब्रुस लीकी छोरीले अनुमति बिना आफ्ना पिताको फोटो प्रयोग गर्ने चिनियाँ रेष्टुरेन्ट विरुद्ध क्षतिपूर्ति मार्ग गर्दै मुद्दा दर्ता गरेकी छन्। उनका अनुसार ग्वांझुस्थित रेष्टुरेन्ट चेन रियल कुङ फुले विगत १५ वर्षदेखि ब्रुस लीको फोटो लोगोको रूपमा प्रयोग गर्दै आएको आरोप लगाएकी छन्।

National Life

सो रेस्टुरेन्टसँग उनले क्षतिपूर्ति बराबर दुई सय १० लाख युआनको माग गरेकी छन्। हाल लस एन्जलसमा ब्रुस ली इन्टरप्राइजेज नामक कम्पनी संचालन गरिरहेकी उनले आफ्नो पिताको फोटो प्रयोग गर्नुको कारण स्पष्ट पार्न समेत माग गरेकी छन्। सन् १९९० बाट संचालनमा आएको सो रेस्टुरेन्टले सन् २००४ बाट ब्रुस लीको आकृतिलाई औपचारिक लोगोको रूपमा प्रयोग गरिरहेको थियो। सो रेस्टुरेन्टको चीनभर ६ सयभन्दा बढी शाखा रहेका छन्। सो रेस्टुरेन्ट संचालकका अनुसार यत्रो वर्षमा आफूविरुद्ध मुद्दा दर्ता हुँदा अलमलमा परेझैं महसुस भएको छ।

प्रतिकृया