• ५ असोज २०८३, सोमबार
  • ६ः३३ बेलुका

सगरमाथा राष्ट्रिय निकुञ्जदेखि नारायणहिटी दरबार संग्रहालयसम्म साम्राज्य खडा

प्रकाशित मिति

२०७६ पुष ७ गते, सोमबार ०८:०६

काठमाडौं, राजनीतिक दलका नेतासँग मिलेमतो गरी सरकारी जग्गा कब्जा गर्न चतुर आङछिरिङ शेर्पा निधन भइसकेका को परिवारले सगरमाथा राष्ट्रिय निकुञ्जदेखि नारायणहिटी दरबार संग्रहालयसम्म साम्राज्य खडा गरेको छ।शेर्पा परिवारले सगरमाथा राष्ट्रिय निकुञ्ज, काठमाडौंको गोकर्ण रिसोर्ट, नेपाल ट्रस्ट, पाथीभरालगायतको सरकारी जग्गा व्यापारिक प्रयोजनका लागि लागि लिएको छ। राजनीतिक प्रभाव र पहुँचमा पारेर यो परिवारले नारायणहिटी दरबारभित्र समेत रेस्टुरेन्ट खोल्ने प्रयत्न गरेको छ। राज्य संयन्त्रको आडमा यो परिवारले व्यापारका नाममा गरिरहेका अस्वाभाविक कार्यको अहिले आलोचना भइरहेको छ।

National Life

विश्वसम्पदा सूचीमा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्जको ५२ रोपनी जग्गालाई सर्वोच्च अदालतले आङछिरिङ शेर्पालगायतको नाममा कायम गरिदिएपछि शेर्पा परिवारले त्यो ठाउँमा कोङ्दे–भ्यू रिसोर्ट प्रालि चलाइरहेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६६ साल असार २३ गते उक्त जग्गा सरकारका नाममा ल्याउन मालपोत कार्यालय सोलुखुम्बुलाई निर्देशन दिएको थियो। त्यसैका आधारमा सोलुखुम्बु मालपोतले शेर्पा परिवारको नाममा आएको जग्गाको दर्ता बदर गरी, नेपाल सरकारको नाममा पुर्जा बनाई लगत कट्टा गर्ने निर्णय गरेको हो। मालपोतले गरेको निर्णय बदर गर्न जिल्ला अदालत जाने बाटो छोडी शेर्पा परिवार रिटमार्फत सर्वोच्च अदालत गएको थियो । नागरिक दैनिकबाट साभार ।

प्रतिकृया