आफुलाई गाडी किन्न छुट्याएको पैसा नगरपालिकाको उपप्रमुखद्धारा शिक्षा र एम्बुलेन्समा लगानी
प्रकाशित मिति
२०७६ पुष २ गते, बुधबार १०:५२
काठमाडौँ, दक्षिणकाली नगरपालिकाको उपप्रमुख बसन्ती डंगोल तामाङ्गले सुविधामा पाएको गाडी नलिने निर्णय गर्नुभएको छ । उपप्रमुख तामाङ्गले सुविधाको लागि नगरपालिकाबाट पारित गरेको रु.३० लाख मुल्य बराबरको गाडी लिन अस्वीकार गर्नुभएको हो ।
आर्थिक वर्ष ०७५/०७६ का लागी बसेको तेस्रो नगरसभामा पारित भएको उक्त रकम उपप्रमुख तामाङ्गले आफ्नो सुविधा भन्दा नगरभित्रको विकासका लागी बजेट आवश्यक रहेको बताउनुभयो ।
उपप्रमुख तामाङ्गले उक्त बजेटबाट रु २५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु माविलाई कृषि प्राविधिक विद्यालय संचालन गर्न र एम्बुलेन्स खरिदका लागी पाखाचोक सप्ताह मूल समारोह समिति र सोचन्द भैरव युवा क्लवको संयुक्त आयोजनामा संचालन गरीएको सप्ताहबाट संकलित रकममा ५ लाख थप गरी एम्बुलेन्स खरिदमा सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
आजको युग आधुनिक शिक्षाको युग भएको बताउँदै नगरभित्रका सबै नागरिकमा शिक्षाको पहुँच पुगोस भन्ने आफ्नो योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।






प्रतिकृया