• ५ असोज २०८३, सोमबार
  • ८ः२५ राती

सामाजिक उतरदायित्वको काम गर्न तत्पर : भक्तपुरका इटा उद्योगी

प्रकाशित मिति

२०७६ मंसिर २८ गते, शनिबार ०९:११

भक्तपुर, भक्तपुरका इटा उद्योगीहरुले आफूहरु नाफामा मात्रै केन्द्रित नभई सामाजिक उतरदायित्वकाको काम गर्न पनि त्यतिकै तत्पर रहेको बताएका छन् । भक्तपुर इटा उद्योग व्यवसायी संघको शुक्रबार भक्तपुरमा भएको २८ औं वार्षिक साधारण सभा उदघाटन कार्यक्रममा उनीहरुले इटाभटा रहेको गाउँंठाउँंका सडक, पुल, मठमन्दिर, पाटीपौवालगायतका काम पनि आफूहरुले गरिरहेको र भविष्यमा पनि गरिरहने प्रतिवद्धता जनाए ।

National Life

साधारणसभाको उदघाटन गर्दै नेपाल क्रान्तिकारी किसान सघका केन्द्रिय उपाध्यक्ष गोविन्द दुवालले सरकारको गतल नीतिका कारण स्वदेशी उद्योगीहरु पलायन हुनु परिरहेको विसाए । स्वदेशी उद्योगधन्दाहरुको प्रबद्धर्नका लागि सरकारले काम गर्न नसकेको भन्दै उनले सरकार यसतर्फ गम्भीर हुनुपर्ने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल इटा उद्योग व्यवसायी संघका महासचिव कृष्णप्रसाद अवालले नेपालमै आत्मनिर्भर रहेको इटा उद्योगहरुलाई सरकारकोतर्फबाट प्रोत्साहन हुनुपर्ने बताए । भक्तपुर इटा उद्योग व्यवसायी संघका संस्थापक अध्यक्ष विश्वराम कवाँंले उद्योगीहरुले सामाजिक उतरदायित्वका काम गरिरहेको र भविष्यमा पनि गरिरहने प्रतिवद्धता जनाउनुभयो।

संघका अध्यक्ष नातिभाई ह्योंवा, उपाध्यक्ष आशाकाजी त्वानाबासु, सचिव आशाराम वैद्य, सल्लाहकारहरु प्रकाशराम जाकिवञ्चार, राजेन्द्रप्रसाद प्रजापतिलगायतले आफूहरु नाफामा मात्रै केन्द्रित नभई समाजको हितमा विभिन्न कामहरुमा पनि उतिकै सक्रिए रहेको दावी गर्नुभयो । कार्यक्रममा साढे दुई दशकदेखि संघमा कार्यरत कर्मचारी देवेन्द्र नापितलाई सम्मान गरिएको थियो ।

 

प्रतिकृया