• ३ असोज २०८३, शनिबार
  • ९ः१३ राती

अध्यक्ष यादव नयाँ मन्त्रालयको पदभार नसम्हाली पोखरामा

प्रकाशित मिति

२०७६ मंसिर ९ गते, सोमबार ०९:२६

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलसँग परार्मश नगरी जिम्मेवारी हेरफेरप्रति असन्तुष्टी जनाउँदै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नयाँ मन्त्रालयको पदभार नसम्हाली चुनावी सभामा सहभागी हुन पोखरा पुगेका छन्।

National Life

विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्री ओलीले बुधबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खोज्दै यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए। त्यसप्रति असन्तुष्ट यादव आइतबार नयाँ मन्त्रालयको जिम्मेवारी नसम्हाली पोखरा पुगेका हुन्। नयाँ मन्त्री पदभार सम्हाल्न आउने प्रतिक्षामा मन्त्रालयका कर्मचारी थिए।

शनिबार यादव स्वदेश फर्केलगत्तै बसेको पदाधिकराी बैठकले यादवले नेतृत्व गरेको मन्त्रालय नै आफू नभएको बेलामा हेरफेर गरिएको भन्दै असन्तुष्टि जनाएको थियो। तत्काल सरकार नछाड्ने निर्णय गरेको समाजवादीले पदाधिकारी बैठकले सरकार र नेकपासँग वार्ता गर्न संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोककुमार राई र सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ रहेको समिति गठन गरेको छ। नागरिक दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया