• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

नेपाली काँग्रेस भक्तपुरद्धारा नगरकोट र छालिङ्गमा घरदैलो

प्रकाशित मिति

२०७६ मंसिर १ गते, आईतवार १०:१५

भक्तपुरका मतदाताहरुले परिवर्तन चाहेकोले नेपाली काँग्रेसलाई बहुमतले बिजयी गराउने कुरामा विश्वस्त रहेको छु:  नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा

नेपालको सीमाना रक्षाको लागि तरुणदल सदैव तयार रहेको छ: नेपाली तरुणदलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत

Kamana Sewa

भक्तपुर, नेपाली काँग्रेस उप –निर्वाचन मूल तयारी समिति प्रदेश सभा १ क भक्तपुरले चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा शनिवारका दिन घरदैलो कार्यक्रम गरेको छ । घरदैलो कार्यक्रमकै क्रममा नगरकोट भट्टेडाँडामा कोणसभा आयोजना गरीएको थियो ।

Classic Tech Desktop

कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले नेकपाको सरकारका गतिविधिहरुको विरुद्धमा आक्रोस पोख्नुभयो । उहाँले देशमा ब्याप्त रहेको महंगी, कर, बलात्कार, भ्रष्टाचार, अधिनायकवादबाट जनताहरु आजित भइसकेकोले जनताले परिवर्तन चाहेको बताउनुभयो । उहाँले उपनिर्वाचनमा चाँगुनारायण प्रदेशमा नेपाली काँग्रेसलाई बिजयी गराउँने बताउनुभयो । उहाँले स्वर्गीय प्रदेश सभा सदस्य हरिशरण लामिछाने प्रति श्रद्धा सुमन ब्यक्त गर्नु हुदै अनपेक्षित रुपमा हुन गइरहेको प्रदेशसभा १ ‘क’को निर्वाचनमा भक्तपुरका मतदाताहरुले परिवर्तन चाहेकोले नेपाली काँग्रेसलाई बहुमतले बिजयी गराउने कुरामा विश्वस्त रहेको बताउनु भयो ।

प्रदेश सभा १‘क’का नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले आफुलाई जिताएमा प्रदेश सभामा भक्तपुरलाई प्रदेशको राजधानी र प्रदेशको नाम चाँगुनारायाण राख्नको लागि पहल गर्ने बताउनुभयो । उहाँले भत्केको पाटी कमलविनायक नगरकोट सडकखण्ड समयमै निर्माण गर्नको लागि जनदवाव दिईरहेको बताउदै आफ्नो जित भएमा तत्काल सडक निर्माण गर्नको लागि दबाब दिन अझ बल पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले राष्ट्रवादको खोक्रो आदर्श देखाउने प्रधानमन्त्री ओलीले लिपुलेक भारतले आफ्नो नक्सामा राख्दा पनि भारत सामु आफ्नो धारणा राख्न नसकेकाले उहाँको नक्कली राष्ट्रबादको पर्दाफास भएको बताउनुभयो । नेपालको सीमाना रक्षाको लागि तरुणदल सदैव तयार रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा गणेश लामाले बाटो विस्तार तथा बन संरक्षणको नाममा स्थानीय सरकारले साना तिना ब्यापार ब्यवसाय गर्ने गरिवहरुको झुपडी मात्र भत्काएर ठुला होटेलहरुलाई संरक्षण गरेको आरोप लगाउनुभयो ।

कार्यक्रममा रमेश लेखकले भक्तपुर आएर आफुले काँग्रेस र कम्यूनिष्ट बीचको भिन्नता स्पष्टरुपमा देखिएको बताएका छन् । बिगत ५ वर्ष अघिको सम्झौता भएता पनि कमल बिनायक भत्केको पाटी नगरकोट सडक खण्ड आजका मिति सम्म पनि नबन्नुले कम्यूष्टि सरकारको विकास प्रतिको खोक्रो प्रतिवद्धता जनता सामु उदांगो भएको बताउनुभयो । उहाँले आम जनसमुदायको काँग्रेसमा भोट भनेको महंगी, बलात्कार, भ्रष्टाचार, अधिनायकवाद विरुद्धको जनमत भएकोले दुइ तिहाइको कम्युनिष्ट सरकारलाई सजग गराई सहि बाटोमा ल्याउनको लागि पनि नेपाली काँग्रेसको जित आबश्यकता रहेकोे बताउनुभयो ।

कोणसभामा सहभागि सबैलाई स्वागत गर्नुहुदै नेपाली काँग्रेसबाट निर्वाचित चाँगुनारायाण नगरपालिका वडा नं ५ छालिङ्गका वडाध्यक्ष जयन्द्र खड्काले अल्पमतका बाबजुद पनि वडाको विकास निर्माण कार्यमा कुनै कसर बाँकी नराखी जनताको सेवा गरीरहेको बताउनुभयो ।

घरदैलो कार्यक्रमकै क्रममा स्थानीय नाट्टयेश्वरी विद्यालयमा कोणसभा आयोजना गरीएको थियो । कोण्सभामा जिल्लाका पदाधिकारी, सदस्यहरु तथा स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो । उक्त कोणसभामा नेपाल कम्यूनिष्ट पार्टीका ५० जना भन्दा बढि स्थानीय कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गर्नुभयो ।
कार्तिक २५ गते चाँगुनारायण नगरपालिका वडा नं १ बाट शुरु भएको घरदैलो कार्यक्रम मंसिर ४ गते भक्तपुर नगरपालिका वडा नं १० मा गएर सम्पन्न गरिने कुरा निर्वाचन परिचालन समिति संयोजक एवं क्षेत्रिय सचिव उद्धव खड्काले बताउनुभयो ।

प्रतिकृया