• ५ असोज २०८३, सोमबार
  • ५ः३९ बिहान

लिपुलेक, कालापानी भूभाग अतिक्रमणबारे सशक्त रुपमा आवाज उठाउन नसकेको आरोप: देउवा

प्रकाशित मिति

२०७६ कार्तिक ३० गते, शनिबार ०२:१०

काठमाडौं ,पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमाको विषयमा सरकार भारतसँग डराएको आरोप लगाएका छन् ।कञ्चनपुरको महेन्द्रनगरमा शनिवार आयोजित कार्यक्रममा देउवाले भारत रिसाउने डरकै कारण सरकारले लिपुलेक, कालापानीलगायतका भूभाग अतिक्रमणबारे सशक्त रुपमा आवाज उठाउन नसकेको आरोप लगाएका हुन् ।

National Life

आफ्नो नेतृत्वमा सरकार हुँदा भारतसँग कालापानीको विषयमा पटक–पटक कुरा गरेको देउवाको दाबी छ । देउवाले भने, ‘कालापानी नेपालको भू–भाग हो, मैले बेला–बेला कालापानीको विषय उठाउँदै आएको छु । तर, वर्तमान सरकारले यो विषयमा शसक्त आवाज उठाउन सकेन ।’

प्रतिकृया