टीभीएस अपाचे सप्तरङ्ग सिरिज-२ सुरु हुने
प्रकाशित मिति
२०७६ कार्तिक १९ गते, मंगलवार ०३:११
काठमाडौं, टीभीएस बाइक तथा स्कुटरको नेपालका लागि आधिकरिक वितरक जगदम्बा मोटर्स प्रालिले सातै प्रदेशमा टीभीएस अपाचे सप्तरङ्ग सिरिज–२ सुरु गर्ने भएको छ । आइतबार आयोजित एक कार्यक्रममा आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङ्गका साथै प्रायोजकहरु टीभीएस बाइकको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स, नेपाल टेलिकम, जनता टेलिभिजन, नेपाल प्रहरी र विभिन्न कलाकारहरुको सहभागिता थियो ।
सप्तरङ्गको पहिलो शृंखलाको लोकप्रियताबाट हौसिएको आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङ्गको आयोजना रहेको सो संगीतमय मनोरन्जनात्मक कार्यक्रम सातवटै प्रदेशमा क्रमशः यही २०७६ कार्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म प्रस्तुत गरिनेछ ।
कार्यक्रममा विभिन्न गीतसंगीतका साथसाथै नृत्य, प्रहसन आदि पनि समावेश गरिएका छन् । यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहनेछन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओडलगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति गर्ने छन् ।
नेपालमा सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको सन्दर्भमा पर्यटन प्रवद्र्धन र समुन्नतिका लागि भन्ने नाराका साथ आयोजना गरिने सो कार्यक्रमले भ्रमण वर्षको लक्ष्य प्राप्तीमा सहयोग पु¥याउने अपेक्षा पनि गरिएको छ ।






प्रतिकृया