नगद सहित आठ जुवाडे पक्राउ
प्रकाशित मिति
२०७६ कार्तिक ११ गते, सोमबार ०१:०४
कार्तिक, लमही बजारबाट ६ लाख ७८ हजार ५ सय रूपैया नगद सहित ८ जुवाडेहरु पक्राउ परेका छ । आइतवार राती १ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ५ लमही बजार बस्ने बर्ष ४८ का रत्नप्रसाद श्रेष्ठको घरमा जुवातास र कौडा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा लमही नगरपालिका वडा नम्बर ८ का ४१ वर्षिय प्रकाश खड्का, सोही बस्ने ५५ वर्षिय कर्णबहादुर बुढाथोकी, वडा नम्बर ३ बस्ने ५५ वर्षिय अमरबहादुर तमाङ, वडा नम्बर ६ बस्ने ५२ वर्षिय भिविराज किरात, सोही ठाउँ बस्ने ३४ वर्षिय खिम पुन, वडा नम्बर ५ बस्ने ५५ वर्षिय मुकेश चौधरी र सोही ठाउँ बस्ने ४० वर्षिय अशोक कुमार खड्का रहेका छन् ।
प्रहरी टोलीले रत्नप्रसाद श्रेष्ठ सहित ८ जना जुवाडेहरुलाई १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास, कौडा ३२ थान र नगद रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।






प्रतिकृया