• ६ असोज २०८३, मंगलबार
  • १२ः१९ राती

कुकुरले टोकेर एकैदिनमा पचास भन्दा बढी घाइते

प्रकाशित मिति

२०७६ आश्विन १५ गते, बुधबार ०४:३८

महोत्तरी, महोत्तरीमा बौलाहा कुकुरले एकैदिन ५० जनाभन्दा बढीलाई टोकेको छ । जिल्लाका विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो ।

National Life

जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ । कुकुरबाट घाइते हुनेलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अस्पतालमा पठाइएको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

एकैदिन ५० जनाभन्दा बढी व्यक्तिलाई टोकेर घाइते बनाएका बौलाहा कुकुरलाई गोली हानी मार्नका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट २० जना प्रहरीको टोली खटाइसकिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया