• ३ असोज २०८३, शनिबार
  • १०ः२६ राती

२०२१ को लागि डीभी खुल्यो

प्रकाशित मिति

२०७६ आश्विन १५ गते, बुधबार ०२:०५

काठमाडौँ, सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ ।

National Life

आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । आवेदन फारम भर्न कुनै शुल्क लाग्दैन । नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परेरनपरेको थाहा हुन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

व्यक्तिगत विवरणको आधारमा कम्प्युटर सिस्टमले डीभीको लागि योग्य व्यक्तिहरुको छनोट गर्ने छ । ५० हजार नागरिकलाई डीभी परिसकेकाले निवेदन दिन नपाउने १७ देशका नागरिक रहेका छन् ।

डीभीको आवेदन दिन नपाउने देशहरुमा भारत, पाकिस्तान, बंगलादेश, चीन (मुख्य भूमिमा जन्मिएका), ब्राजिल, क्यानडा, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत (उत्तरी आयरल्याण्ड बाहे) र भियतनाम छन् ।

प्रतिकृया