• ५ असोज २०८३, सोमबार
  • ४ः५१ बेलुका

हनुमन्ते नदी सफाई अभियानको ८२ औ हप्ता सम्पन्न

प्रकाशित मिति

२०७६ आश्विन ५ गते, आईतवार ०९:३९

भक्तपुर, हनुमन्ते नदी सफाई अभियानको ८२ औ हप्ता बृहत रक्तदान एबम् निशुल्क स्वस्थ्य शिबिर कार्यक्रम गरि भब्यताका साथ सम्पन्न भएको छ । समग्र भक्तपुरलाई स्वच्छ , सफा र समृद्ध बनाउने उद्देश्यका साथ ूउठौ जागौ हनुमन्ते नदी सफा गर्न सबै लार्गौ ू भन्ने नारा सहित संचालित अभियानले ८२औ हप्ताको कार्यक्रम संविधान दिवसको उपलक्ष्यमा भक्तपुरको गट्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालको संयुक्त आयोजनामा बृहत रक्तदान तथा निशुल्क स्वस्थ्य शिबिरको आयोजना गरेको हो ।

National Life

नेकपाका नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न बृहत रक्तदान तथा निशुल्क स्वस्थ्य शिबिर कार्यक्रममा १०१ पिन्च रगत संकलन भएको र करिब ५००जनाले निशुल्क स्वस्थ्य शिबिरको सुबिधा लिएको कार्यक्रमका संयोजक एबम् हनुमन्ते नदी सफाई अभियानका अगुवा अभियन्ता नरेश रन्जितले बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सफाई अभियानको नियमित कार्यक्रम अन्तर्गतको उक्त श्रेत्र आसपास सफाई पश्च्यात शुरु भएको उक्त कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी,भक्तपुरका बिभिन्न बिधालयमा अध्यनरत बिधार्थी, पेशाकर्मी, राजनितिकर्मी ,कलाकार, पत्रकार , भक्तपुरका ब्यवसायी, समाजसेबी तथा स्थानियहरुले रक्तदान तथा निशुल्क स्वस्थ्य परिक्षण गराएका थिए ।

यसैबिच कार्यक्रममा हनुमन्ते नदी सफाई अभियान र नागरिक सामुदायिक अस्पतालबिच अस्पतालको सामाजिक दायित्व अन्तर्गत प्रीभिलेज स्वरुप हनुमन्ते नदी सफाई अभियानमा लाग्नुहुने अभियान्ताहरुलाई अस्पतालका तर्फबाट उपलब्ध सम्पुर्ण सुबिधाहरुमा अभियानको सिफारिसको आधारमा २० प्रतिशत छुट दिने सहमति समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एबम् हनुमन्ते नदी सफाई अभियानका प्रमुख सल्लाहाकार बस्नेतको उपस्थितिमा उक्त सहमति पत्रमा अस्पतालका तर्फबाट अस्पतालका निर्देशक भुवन चक्र जोशी र हनुमन्ते नदी सफाई अभियानका तर्फबाट अभियानका उत्प्रेरक रुद्र पौडेल एवम् कार्यक्रम संयोजक नरेश रन्जितले हस्ताक्क्षर गरेका थिए । सहमति पत्रमा हस्ताक्क्षर भएसँगै अब हनुमन्ते नदी सफाई अभियानमा लाग्नुहुने अभियन्ताहरुले नागरिक सामुदायिक अस्पतालद्धारा प्रदान गरिने सम्पुर्ण स्वस्थ्य सेवामा २० प्रतिशत छुट पाउने भएका छन् ।

त्यसैगरि कार्यक्रम संयोजक नरेश रन्जितको बिशेष पहलमा अस्पतालद्धारा मध्यपुर थिमी नगरपालिका वडा नं ३का स्थानियहरुले अस्पतालद्धारा प्रदान गरिने सम्पुर्ण स्वस्थ्य सेवामा १५ प्रतिशत छुट समेत दिने भएको छ ।

पातञ्जल योग समिति नेपाल ,मानब कल्याण समाज भक्तपुर, हिशान,प्याब्सन, क्याप नेपाल,जीवन विज्ञान,वेभ ग्रुप,लायन्स क्लब, डिभाईन युथ क्लब, नेपाल रेडक्रस सोसाईटी ,कलकल ग्रुप लगायतका सामाजिक संस्थाहरु सहकार्यमा सम्पन्न कार्यक्रममा हनुमन्ते नदी सफाई अभियानमा संयोजक एबम् सुर्यबिनायक नगरपालिका प्रमुख बासुदेब थापा , हनुमन्ते नदि सफाई अभियानका सह संयोजक एबम् सुर्यबिनायक नगरपालिकाका उप प्रमुख जुना बस्नेत ,हनुमन्ते नदि सफाई अभियानका सह संयोजक एबम् मध्यपुर थिमी नगरपालिकाका उप प्रमुख अन्जनादेबि मधिकर्मी, नेकपा जिल्ला इन्चार्ज दिलिप प्रजापति , प्रदेश सभा सदस्य माननिय प्रतिमा श्रेष्ठ, बरिष्ठ चलचित्र निर्देशक एबम् हनुमन्ते नदी सफाई अभियानका अगुवा अभियन्ता मदन घिमिरे, क्याप नेपालका अध्यक्ष एबम् अभियानका अगुवा अभियन्ता मधु ढुंगेल, हिसान भक्तपुर , प्याब्सन भक्तपुर , डिभाइन युथ क्लब, नेप्सेम्याक्स, नेपाल फुलबारी लगायत स्थानियहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिकृया