• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

लुम्बिनीको प्रचारका लागि अमेरिकामा बृतचित्र प्रदर्शन

प्रकाशित मिति

२०७६ भाद्र २५ गते, बुधबार १०:०३

अमेरिका भ्रमणमा रहेका पत्रकार चेतन पन्तले लुम्बिनीको प्रचार प्रसारका लागि लुम्विनीको बृतचित्र प्रदर्शन गरेका छन । नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य एवं नेपाल भ्रमण बर्ष २०२०का सदस्य पन्तले बुद्ध जन्मस्थल लुम्विनी र बुद्धको जिवन समेटिएको बृतचित्र प्रदर्शन गरेका हुन ।

पन्तले निर्माण गरेको ९ मिनेटको लुम्बिनी बुद्धको सानो सँसार नामक बृतचित्र प्रदर्शन गरेको बताए । पन्तले अमेरिकाको फेयरफिल्ड सहरमा रहेको थाई बुद्ध बिहारमा नेपाल भ्रमण बर्षको प्रचार संगै बृतचित्र प्रदर्शन गरि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । बृतचित्र प्रदर्शनका लागि आयोजित उक्त कार्यक्रममा पन्तले बुद्धका सन्देश र आध्यात्मिक महत्वबारे जानकारी दिएका थिए ।

Kamana Sewa

प्रतिकृया