• ५ असोज २०८३, सोमबार
  • ११ः५६ राती

तालिवानसँगको शान्ति सम्झौता रद्द भएको ट्रम्पको दाबी

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ०७:०९

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको शान्ति सम्झौता रद्द भएको दाबी गरेका छन । सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले तालिवानी वरिष्ठ नेताहरुसँगको भेटपछि अमेरिकाले यस्तो निर्णय लिएको बताएका हुन् । उनले क्याम्प डेभिडमा तालिवानी वरिष्ठ नेताहरुसँग भेट वार्ता गरेको पनि बताएका छन् ।

National Life

अफगानीस्तानको काबुलमा भएको कार बम बिस्फोटपछि राष्ट्रपति ट्रम्पले उक्त निर्णय लिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बिस्फोटमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएको थियो । प्रस्तावित सम्झौतामा अमेरिकाले २० हप्ताभित्र अफगानिस्तानबाट पाँच हजार भन्दा बढी सैनिक फिर्ता लैजाने उल्लेख गरिएको छ । सन् २००१ देखि अफगानिस्तानमा अमेरिकी सेनाले हमला गर्न थालेपछि विद्रोहीको निशानामा परेर मारिएका तीन हजार पाँच सय भन्दा बढी विदेशी सैनिकमध्ये दुई हजार तीन सय अमेरिकी सेना रहेको बताइएको छ ।

प्रतिकृया