• 8:49 pm

पूर्वराजदूत झाको हत्या आफ्नै कामदारबाट

प्रकाशित मिति

२०७६ भाद्र १८ गते, बुधबार ०७:०३

प्रहरीले पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्नको पहिचान गरेको छ । लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै हत्यारा भएको निष्कर्ष निकालेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले हत्याराको पहिचान भएको दाबी गरेको छ । फ्रान्सका लागि पूर्व राजदूत झाको हत्यामा सानुकान्छाको संलग्नता रहेको पुष्टी भएको घटनाको अनुसन्धान गरिरहेको महाशाखाका एक अधिकारीले जानकारी दिए ।

हत्यामा संलग्न रहेका सानुकान्छाले तलबको विषयलाई लिएर पटकपटक असन्तुष्टि जनाउँदै आएको र आफूलाई थोरै तलब भएको भन्दै मिडियाकर्मीलाई समेत जानकारी गराएको तथ्य प्रहरीले फेला पारेको छ ।

नेपाल समाचारपत्र दैनिकबाट साभार

प्रतिकृया