भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई सरकारले छाड्दैन : मन्त्री बास्कोटा
प्रकाशित मिति
२०७६ भाद्र ८ गते, आईतवार ०४:३१
अर्घाखाँची, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई पनि सरकारले नछाड्ने बताउनु भएको छ ।
आइतबार सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री बास्कोटाले नेपाल सरकार नै भ्रष्टाचारलाई उन्मूलन पार्ने दिशामा अगाडि बढेकाले भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई पनि सरकारले नछाड्ने बताउनु भएको हो ।

उहाँले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिदै कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताउनु भयो ।

जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य गरेमा तत्काल त्यस्ता कर्मचारीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखलाई निर्देशन दिदै उहाँले कर्मचारीका हकहितमा सरकारले काम गरिरहेकाले सरकारको समृद्धिको यात्रालाई सफल बनाउने मुख्य काम कर्मचारीको भएको उहाँले बताउनु भयो ।




प्रतिकृया