• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

प्रदेश २ को सरकारले जनतालाई दुख दिएको अध्यक्ष प्रचण्डको आरोप

प्रकाशित मिति

२०७६ भाद्र २ गते, सोमबार ०५:३२

जनकपुर, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को सरकारले जनतालाई झन् दुख दिएको आरोप लगाउनु भएको छ । ‘तपाईंहरूले गरेको त्याग र बलिदानी अनुसार के प्रतिफल पाउनुभएको छ ?’ उहाँले प्रश्न गर्नभयो ‘२ नम्बर प्रदेशको सरकारले के काम गरिरहेको छ, विकासले गति लिन थाल्यो त ? दुख र पीर मर्का पर्दा जनताको साथ दिएको छ त ?’

उहाँले भन्नुभयो, ‘मैले बुझेसम्म त्यस्तो भएको छैन । भ्रष्टाचार बढेको छ, सुशासन छैन, जनतालाई झन् दुख परेको छ ।’ प्रचण्डले केही समयअघि प्रदेश नम्बर २ का मुख्यमन्त्रीसहितको टोली काठमाडौं गएको र प्रधानमन्त्री बालुवाटारमा यस विषयमा छलफल पनि गरेको खुलासा गर्नु भयो । ‘मुख्यमन्त्रीसहित नेताहरू काठमाडौं जानुभएको थियो,’ उहाँले भन्नुभयो, ‘म समेत बालुवाटारमा बसेर छलफल भएको थियो । तराई मधेशका जनता कसरी खुशी हुन्छन् भन्ने विषयमा कुराकानी भयो ।’

Kamana Sewa

सोमवार जनकपुरधामस्थित बरमझियामा शहीद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जनताले गरेको त्याग र बलिदान अनुसार प्रतिफल नपाएको गुनासो गरेका गर्नु भएको हो ।

Classic Tech Desktop

प्रतिकृया