प्रधानमन्त्री ओली द्धारा आज संसदमा सम्बोधन
प्रकाशित मिति
२०७६ भाद्र १ गते, आईतवार ०९:१७
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालय तथा सरकारका विषयमा उठेका प्रश्नहरुलाई जवाफ दिनेगरी सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैबीच, संघीय संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बस्ने बैठकमा विभिन्न बिद्येयक तथा प्रतिवेदन प्रस्तुत गर्ने कार्यसुची छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्ण कुमारी सुवेदीले ‘वन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन्। राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशि श्रेष्ठले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने संसद सचिवालयले जनाएको छ।
श्रेष्ठले नै गत असार अन्तिम साता परेको अविरल वर्षाका कारण बाढी र डुबानबाट प्रभावित जिल्लाहरुको स्थलगत निरीक्षण तथा अनुगमन प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनि प्रस्ताव प्रस्तुत गर्नेछन्।






प्रतिकृया