• 3:26 am

प्रहरीले आफ्नो सीमा,मर्यादा,अन्तराष्ट्रिय मापदण्ड मिचेर सञ्चारगृहका कार्यलय परिसरभित्रै प्रवेश गरी युवराज र रबीलाई नियन्त्रणमा लिएकोमा पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानको आपत्ति (विज्ञप्तिसहित)

प्रकाशित मिति

August 16, 2019

प्रहरीले मापदण्ड मिचेर सञ्चारगृहको कार्यलय परिसरभित्रै प्रवेश गरी पत्रकार रवी लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएकोप्रति नेपाल पत्रकार महासंघ न्युज २४ शाखाले विज्ञप्ति निकालेको छ ।

कार्यवहाक अध्यक्ष प्रदीपराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले दिएको भिडियो प्रकरणबारे प्रहरीलाई अनुसन्धानका लागि आवश्यक सबै सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्दागर्दै प्रहरीले कार्यक्रम सीधाकुरा जनताको कार्यकक्षमै आएर नियन्त्रणमा लिएकोप्रति खेद व्यक्त गर्दछौं ।’

कार्यक्रम प्रशारण हुन एक घन्टा २५ मिनेट मात्रै बाँकी रहँदा अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरित पत्रकारद्वयलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमा भनिएको छ । साथै, प्रस्तोताविनै कार्यक्रम सञ्चालन गरिएको पनि उल्लेख गरिएको छ ।

सञ्चारगृहभित्र प्रवेश गरेर प्रहरीले देखाएको शैलीबाट प्रेस स्वतन्त्रता र सूचनाको हकमा प्रश्न उठाएको पनि भनिएको छ । हाल चितवनमा रहेका लामिछाने, कँडेल र नर्स अस्मिता कार्कीलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

विज्ञप्ति

 

प्रतिकृया