• ५ साउन २०८३, मंगलबार
  • ९:३० बिहान

नगरकोट सडक निर्माणमा चरम लापरवाही गरेको समितिको निस्कर्ष

प्रकाशित मिति

२०७६ श्रावण १३ गते, सोमबार ०८:२३

भक्तपुर, प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले निर्माणाधिन भक्तपुर–नगरकोट सडक स्थलगत निरिक्षण गर्दै विकास निर्माण रोक्ने छुट कसैलाई नभएको बताएको छ । नेपाल सरकारको ४९ तथा भारत सरकारको ५१ प्रतिशत संयुक्त लगानीमा भक्तपुरको भत्केकोपाटी हुँदै पर्यटकीय क्षेत्र नगरकोट पुग्ने सडक ६ वर्ष सम्म निर्माण समपन्न नभएको सडकमा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रको विशेष पहलमा भएको समितिको अनुगमनले सडक निर्माणको ठेक्का पाएको शैलुङ निर्माण सेवाले निर्माणमा चरम लापरवाही गरेको निस्कर्ष निकालेको छ ।

टोलिले गरे काम सम्भव हुन्छ भन्ने प्रमाणित भएको बताउँदै समितिले अनुगमन गर्ने भएपछि रातारात सडकको खाल्डाखुल्डी पुर्न सक्नेले ६ वर्षसम्म किने निर्माण सम्पन्न गर्न सकेन भनि निर्माण कम्पनीलाई जवाफ समेत मागेको थियो । त्यस्तै स्थानीयवासीले समेत निर्माण कम्पनी तथा सरोकारवाला निकायसँग २ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने काम ६ वर्षसम्म सम्पन्न गर्न नसक्नुको दोष निर्माण कम्पनी की सरकारको भएको भनि प्रश्न गरेका थिए । जसमा उत्तर दिँदै कम्पनीका प्रतिनिधि सुदन गैरेले सरकारद्वारा रकम निकासा नगरेको, करिव ३० महिनासम्म निर्माण स्थलमा रुख काट्न नपाएको, दिनमा टिपर चलाउनु नपाउने र रातमामात्र चलाउनुपर्ने भएकाले आवश्यक सामग्री व्यवस्थापन गर्न नसकेकोले निर्धा्रित समयमा सम्पन्न गर्न नसकेको बताउनुभयो । ठेक्का लिने कम्नीले लापरवाही गर्दा जनताको दैनिक जीवनमा ठूलो समस्या भइरहेको उल्लेख गर्दै आउनै लागेको पर्यटन वर्ष २०२० सम्ममा सडकको निर्माण सम्पन्न गर्न ठेगदार कम्पनी तथा सम्बन्धीत निकायलाई आग्रह समेत गरेको छ । उक्त समयसम्म निर्माण गर्दा समितिलाई कामको प्रगतिको विवरण समेत पेश गर्न निर्देशन दिएको छ ।

Kamana Sewa

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत ले जनताको दवाप नै निर्णायक तथा अन्तिम हुने बताउँदै कुनै पनि नेताको चाकरी गरेको भरमा विकास निर्माण विकास निर्माणमा ढिलासुस्ती तथा लापरवाही गर्ने निर्माण कम्पनीको दिन समाप्त भएको बताउनुभएको छ । भत्केकोपाटी हुँदै पर्यटकीय क्षेत्र नगरकोट पुग्ने सडक ६ वर्षसम्म निर्माण समपन्न नभइ अलपत्र रहेको सडक अनुगमनका क्रममा सांसद बस्नेतले नगरकोट जाने सडक निर्माण सम्पन्न नभएका कारण दुई पटक अन्तर्रा्ष्ट्रिय स्तरका कार्यक्रमहरु हुन नसकेको जानकारी गराउनुभयो । उहाँले भिजिट नेपाल २०२० मा नगरकोटमा पर्यटक ल्याउन नसके भक्तपुर आर्थिक विकास र समृद्धिमा पछि पर्नु भएको बताउँदै निर्माण कम्पनी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

Classic Tech Desktop

आगामी दिनमा अलपत्र हैन ठोस योजनाका साथ निर्माण सम्पन्न गरी नगरकोटको भाग्य र भविष्य खुल्ला गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारको अंगको रुपमा सडक विभाग तथा प्रविधिको रुपमा ठेगदार रहेको बताउँदै उहाँले ठेगदारले काम नगर्ने अनि गाली प्रधानमन्त्री तथा पार्टीका अध्यक्षलाई जाने गरेको दुःखेसो व्यक्त गर्नुभयो । सांसद बस्नेतले सडक निर्माणको क्रममा जनस्तर तथा जनप्रतिनिधिबाट दिएको दवाप समितिको निर्देशन पछि प्रभावकारी तथा परणाममूखी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

 

समितिका सभापति कल्याणी खड्काको नेतृत्वको समितीका सदस्यहरु, भक्तपुरका सांसद, स्थानिय जनप्रतिनिधि, सरकारी निकाय, स्थानीय बासिन्दाले सडकको स्थलगत अनुगमनका क्रममा निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको स्वामित्वमा रहेको निर्माण कम्पनी शैलुङ्ग कंस्ट्रक्सनले नगरकोट पर्यटन व्यवसाय समेत धरासायी भएको भन्दै स्थानीयवासीले आक्रोस समेत व्यक्त गरे । स्थानीय दवास समुहका अध्यक्ष राजकुमार लामिछानेले भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभाका सांसद तथा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललाई जनताले चिन्न समेत समस्या भएको बताउँदै सांसद सुवाल जनताको समस्या तथा सुख दुःखमा उपस्थित नहुने गरेको बताउनुभयो ।

पर्यटन व्यवसायी धन बहादुर लामाले शारदा अधिकारी ठेगदार पर्नु नै नरकोटको दुर्भाग्य भएको बताउँदै विदेशीको गालीले नेपालीको शिर झुकेको बताउनुभयो । त्यस्तै स्थानीयवासी यादव अधिकारी, मोहन वीर श्रेष्ठ, धिरज वाइवालगायतले सडकको वर्तमान अवस्थाले भोग्नुपरेको समस्याको वारे जानकारी गराउँदै आगामी दिनको योजनाको समेत माग गर्नुभयो ।

आयोजना प्रमुख जगत प्रजापतिले निर्माण कम्पनीले पटक पटक म्याद थप गरेको तर निर्माण सम्पन्न नगरेको बताउँदै अब पुन म्याद थप्न उक्त सडक सम्पन्न गर्ने आधार तयार भएमा मात्र थप्न सकिने जानकारी गराउनुभयो । उहाँले आयोजनामा निर्माण कम्पनीले गरेको प्रतिवद्धता प्रभावकारी हुने देखिएमा १ महिना भित्रमा म्याद थप हुने साथै रोकिएको रकम पनि १ महिनामा नै निकाशा हुने समेत जानकारी गराउनुभयो ।

स्थलगत निरिक्षण पछि स्थानीयवासीसँग भएको अन्तरक्रिया कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जहाँ समस्या त्यहाँ सरकार रहेको बताउँदै निर्माण कम्पनीले प्रतिवद्धता व्यक्त गर्ने तर कार्यान्वयन नगर्ने गरेको जानकारी गाराउनुभयो । उहाँले भक्तपुरका अन्य अधिकाशं आयोजनाहरु तिव्र गतिका साथ अघि बढिरहेको साथै केही समस्या आएमा जिल्ला प्रशासन, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरु समाधान गर्न हरदम तयार रहेको समेत प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला समन्यव समितिका प्रमुख नवराज गेलालले कुनै पनि कामको इतिहास चाहिएको नभई विकास निर्माणमा नतिजा आवश्यक रहेको औंल्याउनुभयो । उहाँले शैलुङ कन्टक्सनले समयमा काम नगरेको मात्र नभई गुणस्तरियता समेत नभएको बताउनुभयो । उहाँले निकाशा भएको रकम उक्त सडकमा प्रयोग नगरि निर्माण कम्पनीले अन्यत्र नै प्रयोग गरेकोले निर्धा्रित समयमा निर्माण सम्पन्न नभएको समेत बताउनुभयो ।

चाँगुनगरपालिकाका प्रमुख मिश्रले भक्तपुर नगरकोट सडक खण्ड निमार्ण कार्यमा ढिलाई हुदाँ संसदीय समितिसम्म उजुरीदिन बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदीय समिति भन्दा ठूलो निकाय अरु नभएकाले अब काम सम्पन्न हुनेमा विश्वस्त छु ।’ सांसद बस्नेतले आयोजना समयमा निमार्ण गर्नका लागि निरन्तर खवदारी गरको र समयमा काम सम्पन्न गर्न अझ दबाव दिने बताउनुभयो । त्यस्तै समितिका सदस्यहरु यज्ञराज सुनार, रामबहादुर विष्ठ, गणेश पहारीलगायतले अबका दिनमा कसैले नेताको चाकरी गरेका भरमा निर्माणमा ढिलासुस्ती हुने दिन सकिएको बताउनुयो । उहाँहरुले लटरपटर काम गर्ने तथा गल्ती गर्नेलाई कडा कानुनी कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।
विकासको नाममा जनतालाई पिडा थप्नु नहुने बताउँदै सभापति खड्काले पूर्व तयारी विना गरिने विकासले नै योजनाहरु अलपत्र हुने साथै विकासका नाममा विनास हुने गरेको बताउनुभयो ।

मोविलाइजेशन सम्झौता हुने वित्तीकै २० प्रतिशत पाउने र त्यसपछि कसले कति पाउने भन्ने भागबण्डाले विकासमा समस्या हुने गरेको बताउँदै यो वा त्यो वहानामा विकास रोक्ने र नगर्ने छुट कसैलाई नभएको र आफुले पाएको जिम्मेवारी पुरा गर्नुको कुनै विकल्प नभएको बताउनुभयो ।

प्रतिकृया