• ५ साउन २०८३, मंगलबार
  • ८:३३ बिहान

प्रधानमन्त्री र रअ प्रमुखबीच भेट नभएको सञ्चारमन्त्री बास्कोटाको दाबी

प्रकाशित मिति

२०७६ श्रावण १० गते, शुक्रबार ०६:५९

काठमाडौं, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले रअ प्रमुख र प्रधानमन्त्री विच भेट नभएको बताउनु भएको छ । उहाले रअका प्रमुखले प्रधानमन्त्रीलाई नभेटेकोे बताउनु भएको हो । हिजो मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटालाई रअका प्रमुखले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीलाई भेटेको हो भनेर सोधिएको प्रश्नमा बास्कोटाले यस्तो बताउनु भएको हो ।

उहाने जवाफ दिने क्रममा नै प्रधानमन्त्री र रअ प्रमुख विच भेट नभएको दोहोर्याउदै हल्ला फैलाउने काम नगर्न आग्रह पनि गर्नुभयो । मन्त्री बास्कोटाले भेटेको हो भन्ने पुष्टि गर्नुछ भने पनि तथ्य प्रमाणसहित आउन आग्रह गर्दै प्रधानमन्त्रीले नभेटेको दावी समेत गर्नु भएको हो ।

Kamana Sewa

प्रतिकृया