नयाँ आर्थिक बर्ष सुरु, सरकारी या नीजि कर्मचारीलाई प्यान कार्ड अनिवार्य, कसरी लिने प्यान कार्ड
प्रकाशित मिति
२०७६ श्रावण १ गते, बुधबार १२:०३
भक्तपुर, सरकारले गत जेठ १५ गते घोषणा गरेको बार्षिक बजेट आजदेखि लागु हुनेछ । आजदेखि नयाँ आर्थिक बर्ष २०७६र७७ सुरु भएको छ । नयाँ आर्थिक बर्षसंगै अब तलब लिन सरकारले प्यान कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था बमोजिम अब कुनै प्राईभेट कम्पनी, संस्था, फर्म तथा निकायले स्थायी लेखा नम्बर (प्यान) बिना कुनैपनि व्यक्तिलाई तलब दिन पाउने छैन ।
त्यसैगरी हरेक कर्मचारीलाई वैंक मार्फत् मात्रै तलब भत्ता दिनु पर्ने र बैंक मार्फत् नदिएमा कार्यालयले खर्च विवरणमा देखाउन नमिल्ने नियम पनि आजदेखि लागु हुन थालेको छ । व्यवसायीक प्रतिष्ठान तथा कार्यालयहरुले आजदेखि नयाँ हिसावकिताव राख्नु पर्नेछ भने पुरानो हिसावकिताव टुंग्याई सक्नु पर्नेछ ।
प्यान कार्ड कसरी लिने ?
१)आन्तरिक राजस्व विभागको वेभसाइट www.ird.gov.np मा जानुहोस्
२) होम पेजमा Taxpayer मा क्लिक गर्नुहोस र Registration मा क्लिक गर्नुहोस । त्यसपछि Application For Registration मा क्लिक गरी नाम थर भएको बक्समा आफ्नो नाम र थर लेखेर भर्नुहोस् ।
३) User Name मा आफूले सम्झने नाम राख्नुहोस् अनि Password हाल्नुहोस् र फेरि अर्को बक्स Re password मा राख्नुहोस् । आफ्नो सम्पर्क नम्बर र Email ठेगाना राख्नुहोस् । कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना IRO नम्बरमा खुलाउनुहोस् । त्यसपछि Ok बटनमा थिच्नुहोस् ।
४) अब तपाइको व्यक्तिगत विवरण माग्छ । सो अनुसार आफ्नो सम्पूर्ण विवरण भर्नुहोस्जा र Submit गर्नुहोस ।
५) Submit भएपछि Print थिचेर त्यसलाई प्रिन्ट गर्नुहोस् ।
६)उक्त प्रिन्ट कपि लिएर सम्बन्धित राजश्व कार्यालयमा जानुहोस् ।
७)राजश्व कार्यालयले तपाईंलाई विवरण जाँच गरेर Pan कार्ड दिनेछ । यो सबै प्रक्रिया निशुल्क हो । प्यान कार्ड लिन कुनै शुल्क तिर्नु पर्दैन ।






प्रतिकृया