• ५ असोज २०८३, सोमबार
  • १२ः२७ राती

मिडिया काउन्सिल विधेयक : पत्रकारहरुद्धारा खारेज गर्न माग

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार १०:५६

कैलाली । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको प्रथम साधारणसभाले नेपाल सरकारले संघीय संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक अविलम्ब खारेज गर्न माग गरेको छ । १० बुँदे घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

National Life

संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न माग सहितका विभिन्न बुँदा समेटिएको घोषणा पत्र जारी गर्दै साधारण सभा धनगढीमा सम्पन्न भएको छ। मुलुक संघीय संरचनामा गएसँगै पत्रकार महासंघ समेत संघीय ढांचामा प्रवेश गरेपछि असार ६ र ७ गते धनगढीमा पहिलो साधारणसभा भएको हो ।

घोषणा पत्रमा संविधानको मर्म र भावना विपरित प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता कुण्ठित गर्ने प्रकारका नीति तथा कानून नल्याउन समेत सरकारलाई आग्रह गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

साधारणसभाले यथाशीघ्र नयाँ सञ्चार नीति ल्याउन, श्रमजीवी पत्रकारको पेशागत र भौतिक सुरक्षा गर्दै न्यूनतम पारिश्रमिक लागू गर्न, सञ्चारसँग सम्बन्धित प्रेस काउन्सिल, सूचना विभाग, सूचना आयोगलगायतका निकाय प्रदेशस्तरमा स्थापना गर्न समेत माग गरेको छ ।

महासंघको प्रथम सुदूरपश्चिम साधारणसभाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी संघीय संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न माग गरेको छ । त्यस्तै, संविधानको मर्म र भावना विपरित प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि प्रकारका नीति तथा कानुन नल्याउन चेतावनी दिएको छ ।

साधारण सभामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका प्रदेश पार्षद, जिल्ला अध्यक्ष, केन्द्रिय महासचिव रमेश विष्ट, केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, महासंघको सुदूरपश्चिम प्रदेशवाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु, महासंघका पूर्व पदाधिकारीहरु समेतको उपस्थितिमा सो घोषणापत्र जारी गरिएको छ ।

प्रतिकृया