• ४ असोज २०८३, आइतबार
  • ८ः२७ राती

लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम अन्तर्गत गाँजा खेती नष्ट

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार १०:४७

लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम अन्तर्गत कुश्मा नगरपालिका वडा नम्बर ४ र ५ का वडा क्षेत्रमा लागूऔषध गाँजाका ४ सय ५० बोट शनिबार नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वत, जिल्लास्थित सशस्त्र प्रहरी बलको टोली र स्थानीयबासीको उपस्थितिमा उक्त गाँजाका बोटहरु काटी उखेली नष्ट गरिएको हो ।
साथै सप्ताहव्यापी कार्यक्रम मार्फत स्थानीयले लागूऔषधजन्य वस्तुहरुले समाजमा नराम्रो असर पारिरहेको र जिल्लाका अन्य नहरुमा समेत प्राकृतिक रुपमा उम्रिएका गाँजा तथा लागूऔषधजन्य वस्तुहरुलाई तीव्रताकासाथ नष्ट गरिने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

National Life

प्रतिकृया