• ४ असोज २०८३, आइतबार
  • ४ः३६ बिहान

आज र भोलि पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना

प्रकाशित मिति

२०७७ फाल्गुन १५ गते, शनिबार ०७:४४

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ ।हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराइका थोरै स्थानहरुमा अहिले हल्का कुहिरो लागेको महाशाखाले जनाएको छ ।

National Life

आज दिउँसो पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा आइतबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

Classic Tech Mobile
Classic Tech Desktop

फाल्गुन १५ गते शनिबार

दिउँसो स् देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति स् देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक – दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन १६ गते आइतबार

दिउँसो स् प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति स् प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन १७ गते सोमबार

दिउँसो स् प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशकाका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी  मौसम सामान्यतया सफा रहनेछ।

राति स् प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी आज र भोलि पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावनाआज र भोलि पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना  रहनेछ ।

 

प्रतिकृया