• १० असोज २०८३, शनिबार
  • ९ः४१ बिहान

निर्वाचन आयोगले नेकपा विभाजनलाई दिएन मान्यताः दुवै पक्षलाई थप टाउको दुखाई

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ०७:१२

काठमाडौंः निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ ।

National Life

आइतबार बसेको आयोगको पदाधिकारी बैठकले नेकपा पहिलेकै पार्टी यथावत रहेने निर्णय गरेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले अलग–अलग ढंगले पार्टीमा लिएका निर्णय दलको विधानसम्मत नभएको आयोगको निष्कर्ष छ ।

दुवै पक्षले आफू आधिकारिता हुने दाबी गरिए पनि आयोगको यो निर्णयले दुवैले मान्यता पाउन नसकेको हो । यसका साथै आयोगले थप प्रक्रिया अपनाउन आज दुबै समूहलाई पत्र पठाउने तयारी गरेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आयोगले दुवै पक्षको निर्णयलाई अवैधानिक भन्दै त्यसलाई अस्वीकार गरेपछि नेकपा एउटै रहेको मानिनेछ । आयोगको रेकर्डमा नेकपाका दुई अध्यक्ष ओली र दाहाल नै हुनेछन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै सत्तारूढ दल नेकपाको विवाद उत्कर्षमा पुगेर व्यवहारतः पार्टी विभाजित भएको हो ।

त्यसयता पार्टीका दुई अध्यक्ष ओली तथा दाहालले अलग–अलग समूह बनाउनुका साथै एकले अर्कालाई कारबाही गर्नेलगायतका निर्णय गरेका छन्  ।

प्रतिकृया