• ९ असोज २०८३, शुक्रबार
  • ८ः४३ राती

राष्ट्रपति भण्डारीद्धारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा

प्रकाशित मिति

२०७७ पुष ५ गते, आईतवार ०२:४२

काठमाडौं, ५ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिशमा आज अपरान्ह संसद विघटन गरेकी छन्। आज विहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । राष्ट्रपतिको कार्यालय शितल निवासले जारी विज्ञप्तिमा भनिएको छ,

National Life

‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ।

 

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया