आमाको मृत्यु भएको ४ दिनपछि छोराको पनि कोरोना संक्रमणबाट मृत्यु
प्रकाशित मिति
२०७७ भाद्र १७ गते, बुधबार ०३:३७
काठमाडौं, भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका मध्यपुर थिमी नगरपालिका– ७ का ४० वर्षका युवकको मंगलबार राति पाटन अस्पतालमा मृत्यु भएको उपमेयर अञ्जनादेवी मधिकर्मीले जानकारी दिइन् ।
अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो । यी युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा उनको बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो ।कोरोना संक्रमणकै कारण उनकी आमाको भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो ।
युवकको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको बाबु, गर्भवती श्रीमती र छोराछोरी होम आइसोलेसनमा नै रहेका उपमेयर मधिकर्मीले जानकारी दिइन् ।
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया