• ४ असोज २०८३, आइतबार
  • ८ः२३ बिहान

राजदूतमा तीन सहसचिव सिफारिस

प्रकाशित मिति

२०७७ भाद्र २ गते, मंगलवार ०४:५७

 

National Life

काठमाडौं, सरकारले परराष्ट्र मन्त्रालयका तीन सहसचिवलाई राजदूतमा सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई राजदूतमा सिफारिस गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरूलाई राजदूत सिफारिस गर्ने निर्णय गरे पनि कुन कुन देशका लागि राजदूत सिफारिस भएका हुन् भन्ने खुलाइएको छैन।

परराष्ट्र मन्त्रालयका सहसचिवहरूलाई राजदूतमा सिफारिस गर्न सकिने व्यवस्था छ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारी किशोर श्रेष्ठबाट खोसेको छ।

काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ। भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन्।

सरकारले युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा.कल्याण रोकालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

प्रतिकृया