• ६ असोज २०८३, मंगलबार
  • १ः४३ राती

भित्रभित्रै सल्किँदै छ कोरोना संक्रमण

प्रकाशित मिति

२०७७ श्रावण २० गते, मंगलवार ०७:१५

काठमाडौं । नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।

National Life

पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ। वैशाख २० गतेसम्म संक्रमितको संख्या ५९ मा सीमित थियो। जेठ १९ मा कुल संक्रमित १ हजार ८ सय ११ जना थिए।

त्यसपछि हालसम्म झन्डै १९ हजार संक्रमित थपिएका छन्। जेठ १९ मा मात्रै २ सय ३७ जनामा संक्रमण फेला परेको थियो। असार १९ मा एकै दिन ४ सय ७० जनामा संक्रमण देखियो। त्यसको ठीक एक महिनापछि सोमबार ४ सय १८ जना संक्रमित भेटिए। यो तथ्यांकमा काठमाडौं उपत्यकाको संख्या ५१ छ।

Classic Tech Mobile
Classic Tech Desktop

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले संक्रमण पुष्टिपछि सम्पर्कविहीन हुने प्रवृत्तिले जोखिम बढाएको बताए। भारतबाट स्वदेश फर्कने नेपालीको भीड बढेपछि संक्रमितको संख्या वृद्धि भएको उनको भनाइ छ।

कोरोनाको पहिलो चरणमा नेपालमा विदेशबाट आएका नेपालीमा संक्रमण देखिएको थियो। त्यसको दोस्रो चरणमा कैलालीकी महिलामा विदेशबाट आएका संक्रमितबाट कोरोना सरेको पाइएको थियो। मन्त्रालयका पूर्वविशेषज्ञ डा सुशीलनाथ प्याकुरेलका अनुसार यात्रा नगरेको स्थानीयमा संक्रमण देखिनु दोस्रो चरण हो। कोरोनाको तेस्रो चरण भनेको समुदायमा फैलिएको अवस्था हो। यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

प्रतिकृया