• ५ असोज २०८३, सोमबार
  • ६ः३९ बेलुका

निर्मला हत्याको विषयमा अनुसन्धान गर्न २ डीआईजीलाई निर्देशन

प्रकाशित मिति

२०७७ श्रावण ९ गते, शुक्रबार ०५:५७

 

National Life

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा अनुसन्धान गर्न २ डीआईजीलाई निर्देशन दिइएको छ ।

बलात्कारपछि हत्या गरिएकी बालिकाको विषयमा अनुसन्धान गर्न दुई वर्षपछि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाक्षेत्रीले दुई डीआईजीलाई निर्देशन दिएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरी प्रशासनमाथि प्रश्न उठाएको यस घटनाको सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले अनुसन्धान टुंगोमा पुर्याउन नसकेपछि यसको जिम्मेवारी आईजीपी थापाक्षेत्रीको काँधमा आएको छ ।

महानिरीक्षक थापाले यो घटना प्रहरीको छविसँग जोडिएकाले सुझबुझका साथ जतिसक्दो चाँडो टुंगोमा पुर्याउन सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी र सीआईबी प्रमुख डीआईजी सहकुल थापालाई निर्देशन दिएका छन् ।

प्रदेश प्रहरीको नेतृत्वमा हुने अनुसन्धानमा सीआईबीले विशेष सहयोग गर्ने जनाइएको छ । २ वर्ष पहिले साउन १० गते हत्या गरिएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो ।

प्रतिकृया