• ६ असोज २०८३, मंगलबार
  • ७ः४६ बिहान

आईजीपी खनालले नवनियुक्त आईजीपी थापा क्षेत्रीलाई दिए बधाई

प्रकाशित मिति

२०७७ असार ३१ गते, बुधबार ०६:४५

काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बधाई एवम् शुभकामना दिनु भएको छ ।

National Life

सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति हुनुभएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई दिनु भएको हो ।

भेटघाटका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनाल र प्रहरी महानिरीक्षक थापा क्षेत्रीबीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो । उक्त अवसरमा प्रहरी महानिरीक्षकथापा क्षेत्रीले सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गर्नुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया