• १० असोज २०८३, शनिबार
  • ४ः३५ बिहान

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै

प्रकाशित मिति

२०७७ असार १४ गते, आईतवार ०९:५४

काठमाडौं । नेपाली कांग्रेसको आगामी मंगलबारका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

National Life

आइतबार बसेको पदाधिकारी बैठकले १६ गते १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो ।

पदाधिकारी बैठकमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने लगायतका विषयमा छलफल भएको नेता रमेश लेखकले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने,‘ १४ औं महाधिवेशन फागुनका लागि तोकिएकोमा त्यसको कार्यतालिका परिमार्जन गरेर जाने भन्ने विषयमा आज छलफल भयो ।’

कोरोनाका कारण रोकिएको सदस्यता वितरण, नवीकरण लगायतका कामहरुलाई कसरी व्यवस्थित बनाउदै लैजाने भन्ने विषयमा समेत छलफल भएको नेता लेखकले बताए ।

उनले भने,‘क्रियाशील सदस्यता वितरण, स्थानीय तहको अधिवेशन कोरोनाका कारण प्रभावित बनेको छ । आगामी फागुनमै महाधिवेशन गर्ने गरी आन्तरिक कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भयो ।’

कांग्रेसले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने मिति यस अघि नै तोकिसकेको छ ।

प्रतिकृया