• ४ असोज २०८३, आइतबार
  • ४ः४० बेलुका

काबुलमा चारवटा बम विस्फोट

प्रकाशित मिति

२०७७ बैशाख ३० गते, मंगलवार ११:५०

काबुल, अफगानिस्तानको राजधानी काबुलको ताहिया मास्कान क्षेत्रमा सोमबार बिहान चारवटा बम विस्फोट भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

National Life

सुरक्षा स्रोतले उक्त विस्फोटका कारण जनधनको क्षति भएको बारेमा जानकारी प्राप्त नभएको बताएको छ । राष्ट्रिय सुरक्षा महानिर्देशनालय ९एनडिएस० र सरकारी सवारी साधनहरुलाई लक्षित गरी उक्त विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

आइतबार राति पनि काबुल नजिकका काहाराही कम्बारी र हूटखिलमा पनि तीन वटा विस्फोट गराइएका थिए । गएरातिदेखि काबुल शहरलाई लक्षित गरी सात वटा विस्फोटका घटना भइसकेका छन् । अफगानिस्तानको मुख्य विद्रोही तालिबान समूह समेतका कुनै पनि समूहले ती विस्फोटहरुको जिम्मेवारी लिएका छैनन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया