• ४ असोज २०८३, आइतबार
  • २ः०९ दिउँसो

करको दर होइन दायरा बढ्नेः अर्थमन्त्री खतिवडा

प्रकाशित मिति

२०७७ बैशाख २९ गते, सोमबार १०:४३

काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले करको दर होइन दायरा बढाउने बताएका छन् ।

National Life

संसद्मा विनियोजन विधेयक–२०७७ प्रस्तुत गर्दै उनले सो जानकारी गराएका हुन्। साथै, बजेट कृषि क्रान्तिमा केन्द्रित हुने पनि उनको भनाई छ ।

कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव न्यूनीकरणका लागि बजेट केन्द्रित रहने बताउँदै शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन उत्पादनमूलक कार्यक्रम सार्वजनिक गरिने उनले बताए । ‘कोरोनाको जोखिम नियन्त्रणका लागि चालिएको कदमबाट अर्थतन्त्रमा देखापरेको शिथिलताको अन्त्य गर्दै आर्थिक गतिविधिलाई द्रुत गतिका साथ अघि बढाउनेतर्फ आगामी बजेट केन्द्रित हुनेछ ।’उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

लकडाउनका कारण श्रम बजार, निर्माण, पर्यटन आगमन, आपूर्तिको शृंखलामा गहिरो प्रभाव परेको भन्दै यसमा परेको असरलाई आगामी बजेटले सम्बोधन गर्ने बताउदै उनले आगामी बजेट स्थायित्वसहितको उच्च आर्थिक वृद्धिदरको चरणमा शीघ्र प्रवेश गरी अर्थतन्त्रलाई थप मजबुत बनाउनेतर्फ लक्षित रहेको जानकारी गराएका छन् ।

निजी क्षेत्रको व्यवसायलाई सम्बोधन गर्नका लागि कर सहुलियत पनि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

बजेटमा आन्तरिक आयलाई राजस्वको मूल आधारको विकास गरिने, करको दरभन्दा दायरा विस्तार, कर परिपालनमा वृद्धि, राजस्व चुहावटमा नियन्त्रण गर्ने जस्ता कार्यक्रम रहने उनले उल्लेख गरे ।

बैंक तथा वित्तीय क्षेत्रलाई थप उत्पादनमुखी बनाइने, बीमा तथा पुँजी बजारको सुधार गरिने, अनलाइन प्रविधिबाट राजस्व भुक्तानीका लागि बढावा दिने गरी बजेट तर्जुमा गर्ने गरी बजेट तयार गरिने जस्ता कार्यक्रमले आगामी आर्थिक वर्षमा प्राथमिकता पाउने उनले बताएका छन् ।नेपाल समाचार पत्रबाट साभार

प्रतिकृया