• ६ असोज २०८३, मंगलबार
  • ३ः१९ राती

सौन्दर्य बढाउन घरेलु विधिबाट यसरी गर्न सकिन्छ स्क्रब

प्रकाशित मिति

२०७७ बैशाख २४ गते, बुधबार ०८:०९

 

National Life

काठमाडौं । छालामा जमेको मैला हटाउन एवं रोम छिद्र खुलाउनका लागि स्क्रब गर्नुपर्ने हुन्छ । यसका लागि घरमै उपलब्ध सर-सामन प्रयोग गर्न सकिन्छ । आफ्नो छालाको प्रकृतिअनुसार कुन सामग्री प्रयोग गर्ने भन्ने कुराको चाहिँ ख्याल गर्नुपर्छ। जस्तो चिल्ले छाला, सुख्ख छाला वा सामान्य छालाको लागि भिन्दाभिन्दै सामग्री उचित हुन्छ।

चिल्लो छालाको लागि
स्क्रबका लागि भिजेको चना र दही आवश्यक हुन्छ । एक अथवा दुई कप भिजेको चनालाई पिस्ने । पिसेको चनामा एक ठूलो चम्चा दही र अथवा पानी मिसाएर पेस्ट बनाउने । यो पेस्टलाई हल्का हातले अनुहारमा स्क्रब गर्ने, केही क्षणपछि चिसो पानीले अनुहार पखाल्ने । यसो गर्दा तपाईंको तैलीय छाला सुन्दर हुन्छ। तर, अनुहारमा साबुनको प्रयोग गर्नुहुँदैन ।

Classic Tech Mobile
Classic Tech Desktop

सुख्खा छालाको लागि

भिटामिन-ई युक्त भएको तेलमा एक थोपा कागतीको रस र एक थोपा ग्लिसरीन मिलाउने । यसले केही समय अनुहारलाई मसाज गर्ने र चिसो पानीले अनुहार पखाल्ने ।

एक दुई चम्चा बदामको धुलोमा एक चम्चा मह र एक चम्चा गुलाबजल मिलाएर अनुहारमा लगाउने र चिसो कपासको सहायताले अनुहार सफा गर्ने ।

सामान्य छालाको लागि

पिठोको चोकरमा एक चम्चा मह र एक चम्चा दूध मिलाउने । यो मिश्रणलाई अनुहारमा लगाउने र केही समयपछि हल्का हातले रगड्दै हटाउने ।

तीन चम्चा पिनेको बदाममा तीन चम्चा ओटमिल, तीन चम्चा पाउडर दूध, दुई चम्चा सुखेको गुलाबको पात र बदामको तेल मिलाएर मिश्रण तयार गर्ने । यो मिश्रणलाई काँचको बट्टामा हावा नछिर्ने गरी राख्ने । यो मिश्रणलाई हप्ताको दुई पटक प्रयोग गर्न सकिन्छ ।

प्रतिकृया