• ४ असोज २०८३, आइतबार
  • ९ः१९ राती

कोरोना निको भएकालाई फेरि सङ्क्रमण हुँदैन भन्ने छैनः विश्व स्वास्थ्य सङ्गठन

प्रकाशित मिति

२०७७ बैशाख १३ गते, शनिबार ०९:०३

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका व्यक्तिलाई फेरि सङ्क्रमण हुनबाट बचाउने एन्टीबडीज हुन्छ भन्ने कुराको कुनै प्रमाण नभएको बताएको छ ।

National Life

विश्व स्वास्थ्य सङ्गठनका अनुसार रोग प्रतिरोधात्मक शक्ति हासिल गर्न बहु चरण प्रक्रिया पार गर्नुपर्ने र यसका लागि एकदेखि दुई हप्ताको समय लाग्छ । यो प्रक्रियामा रगतमा रहेको एन्टिबडीजलाई मापन गरिन्छ ।

साथै विश्व स्वास्थ्य सङ्गठनले कोभिड १९ बिरामीमा एन्टिबडीजको अवस्थाको अध्ययन भइरहेको बताएका छन् । धेरैजसो अध्ययनमा कोभिड १९ बाट निको भएका व्यक्तिमा यो भाइरसको एन्टिबडीज उत्पन्न भएको पाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

तर यो एन्टिबडीजको मात्रा रगतमा निकै कम पाइएको छ । यही कारण विश्व स्वास्थ्य सङ्गठनले कोरोनाबाट निको भएका व्यक्ति फेरि सङ्क्रमण हुनबाट बच्ने प्रमाण नभेटिएको बताएको हो । डब्ल्यूएचओले निको भएर फर्केका मानिसले पनि अन्य मानिसले जस्तै सुरक्षाको उपाय अपनाउनु पर्नेमा जोड दिएको छ । बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सबैलाई सर्तक रहन आग्रह गरेको छ ।

प्रतिकृया