• ५ असोज २०८३, सोमबार
  • ६ः३३ बेलुका

विद्युत आयात रोकिएन गार्हस्थ्य उपभोग बढ्यो

प्रकाशित मिति

२०७६ चैत्र २६ गते, बुधबार ०६:२९

काठमाडौं । मुलुकभर घोषणा गरिएको ‘लकडाउन’ले उद्योगधन्दा, कलकारखाना बन्द रहेको अवस्था भए पनि नेपालले भारतबाट अझै दैनिक दुई सय मेगावाट बिजुली आयात गरिरहेको छ ।

National Life

लकडाउनका कारणले सबै उद्योग, प्रतिष्ठान, कलकारखाना, होटल, व्यवसाय तथा कार्यालय बन्द रहेको अवस्थामा नेपालको आन्तरिक उत्पादनले धान्न नसक्दा यस्तो गर्नुपरेको हो । मागअनुसारको आपूर्ति व्यवस्था मिलाउन भारतबाट बिजुली आयात गर्नु परिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, अहिले पनि हामीलाई आन्तरिक रूपमा विद्युत्को आपूर्ति व्यवस्थापन गर्न असहज परिस्थिति भएकाले भारतबाट बिजुली लिइरहेका छौँ । त्यो नर्मल र पिकआवरमा पनि कम, बढी ल्याउने गरेका छौँ ।

लकडाउनपछि बिजुलीको घरेलु प्रयोग बढेकाले ‘सोचेजस्तो’ माग कम नभएको भन्दै कार्यकारी निर्देशक घिसिङले बताए, नाकाबन्दीपछि नेपाली उपभोक्ताले भान्सामा बिजुलीको प्रयोग हुने सामग्रीको जोहो गरेर राखेकाले पनि लकडाउनका बेला बिजुलीको माग बढेको छ । हामीले सोचेजति उपभोक्ताको भान्सामा बिजुलीको प्रयोग नबढे पनि बिस्तारै ‘कुकिङ ह्याबिट’मा फेरबदल आइरहेको छ । यो ‘ड्राइ सिजन’ हो । यस्तो सिजनमा हरेक वर्ष आन्तरिक उत्पादनले नपुग्ने भएपछि प्राधिकरणले भारतबाट आयात गरेर माग आपूर्ति व्यवस्थापन गर्दै आएको थियो । प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईका अनुसार लकडाउनका बेला साँझको पिक आवर

Classic Tech Mobile
Classic Tech Desktop

भारतबाट औसतमा दैनिकजसो २०० मेगावाट र बिहानको पिक आवरमा १५० मेगावाट आयात भइरहेको छ । उनले भने, हामीले अहिले पनि भारतबाट २४सै घण्टा आयात गरिराख्ने भनेको ८५ देखि ९५ मेगावाट हो तर साँँझको पिक आवरमा २०० मेगावाट र बिहानको पिक आवरमा १५० मेगावाटको हाराहारीमा ल्याउने गरेका छौँ । भारतबाट नेपालले विभिन्न सन्धि, सम्झौताअनुसार पाउने निःशुल्क बिजुली र खरिद सम्झौताअनुसार पनि बिजुली ल्याउने गरेको छ । कोसी, गण्डकी तथा महाकाली सम्झौताअनुसार पाउने बिजुली र आन्तरिक उत्पादनले नपुग्ने भएपछि नेपालले सुक्खायाममा बिजुली किनेर ल्याउने गरेको छ ।

हरेक वर्ष सुक्खायाममा भारतबाट ल्याइने गरेकोभन्दा लकडाउनका बेला बिजुली आयात भने घटेको छ । कार्यकारी निर्देशक घिसिङले भने, लकडाउन नभएको भए हामी यो सुक्खायाममा दैनिकजसो ५०० मेगावाट जति बिजुली आयात गथ्र्यौं तर यसपटक निकै कम आयात भएको छ । गोरखापत्रबाट साहाभार

प्रतिकृया