• ५ असोज २०८३, सोमबार
  • ६ः१८ बेलुका

एम्बुलेन्स चालक भागेपछि आफ्नै गाडीमा राखेर कोरोना संक्रमित वृद्धालाई अस्पताल लगे चिकित्सकले

प्रकाशित मिति

२०७६ चैत्र २१ गते, शुक्रबार ०७:५२

 

National Life

काठमाडौं । गत ४ चैतमा बेल्जियबाट आएकी बाग्लुङकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएपछि बिहीबार बेलुका अस्पताल भर्ना गरिएको छ । कोरोनाको लक्षण नदेखिएको भन्दै उनी घरमा बस्दै आएकि उनि संक्रमण भएको रिपोर्ट आएपछि उनलाई अस्पताल भर्ना हुन गएकि थिइन।

तर, अस्पताल लैजान त्यति सहज भने भएन । उनलाई लिन द्यौलागिरि अञ्चल अस्पतालको एम्बुलेन्स गएको थियो । तर, एम्बुलेन्सचालक एक्कासि भागेका थिए । मेयरदेखि सिडिओसमेत पन्छिएपछि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरज गुरौ आफैले पिपिई लगाएर उनले वृद्धालाई आफ्नै गाडीमा राखेर अस्पताल पुऱ्याएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

वृद्धा छोरी भेट्न बेल्जियम गएकी थिइन् । कतार एयरको क्युआर– ६५२ विमानबाट उनी ४ चैतमै फर्किएकी थिइन् । सोही दिन उनी यति एयरलाइन्स मार्फत पोखरा गएकोमा त्यहाँबाट स्कार्पियोमा बाग्लुङ गएकी हुन् । बाग्लुङकै अर्की कोरोना संक्रमित युवती र उनी सँगै फर्किएकि थिइन ।

बाग्लुङकी पहिलो संक्रमितको परिवारमा संक्रमण देखिएको छैन । बिहीबार संक्रमण पुष्टि भएकी वृद्धाको परिवारको पनि परीक्षण गर्न लागिएको छ । नयाँ पत्रिकाबाट साहाभार

प्रतिकृया