• ५ असोज २०८३, सोमबार
  • ६ः१७ बेलुका

चीनसँग मेडिकल सहयोग माग

प्रकाशित मिति

२०७६ चैत्र ९ गते, आईतवार ०९:२९

काठमाडौं, नेपालले कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर चीनसँग मेडिकल सहयोग मागेको छ। चीनको वुहानबाट फैलिएको कोरोना अहिले विश्वका एक सय ६५ मुलुकमा फैलिएको छ। तर चीनमा भने संक्रमण दर घटेको छ। संक्रमण दर घटाउन सफलता प्राप्त गरेको चीनसँग नेपाल सरकारले आवश्यक औषधि तथा उपकरण सहयोगस्वरुप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमार्फत पत्राचार गरेको हो।

National Life

चीनसँग सहयोग मागिएका मेडिकल सामग्रीमा करिब १२ किसिमका औषधि तथा उपकरण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्ता सामग्रीमा औषधि, एन– ९५ माक्स, कोरोना टेस्टिङ किट, अक्सिजन प्लान्टलगायत रहेको मन्त्रालय स्रोतले बतायो। पत्रमा चीनलाई नेपालमा पाँचवटा अक्सिजन प्लान्ट स्थापना गरिदिनसमेत आग्रह गरिएको छ। नेपालले मागेको सहयोगप्रति चीनले सकारात्मक प्रतिक्रिया दिएको र छिट्टै त्यस्ता सामग्री उपलब्ध गराउने तयारीमा चिनियाँ पक्ष लागेको स्रोतको दाबी छ।

आवश्यक औषधि तथा उपकरण सहयोगस्वरुप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमार्फत पत्राचार ‘हामीले सहयोग मागेका सामग्रीको विवरणसहित पत्र पठाएपछि उताबाट सकारात्मक प्रतिक्रिया आइसकेको छ,’ स्रोतले भन्यो। चिनियाँ सरकारबाहेक केही चिनियाँ निजी कम्पनीले पनि नेपाललाई आवश्यक सहयोगको प्रस्ताव गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

हाललाई भने चिनियाँ सरकारबाट मात्र सहयोग लिने निर्णय भएको मन्त्रालय स्रोतले बतायो। ‘हामीलाई आवश्यक सहयोगका लागि धेरैतिरबाट प्रस्ताव आएका छन् तर हाललाई चीन सरकारसँग मात्र आवश्यक मेडिकल सहयोग लिने निर्णय भएको छ,’ स्रोतले भन्यो। चीनले केही दिनअघि नेपाललाई कोरोनासँग लडन के–कस्तो मेडिकल सहयोग चाहिन्छ भन्दै सहयोग गर्न आफू तयार रहेको प्रस्ताव पठाएको थियो। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीबीच यही मार्च ९ मा भएको टेलिफोन सम्वादमा पनि कोरोनासँग लड्न सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो।

यसैबीच चिनियाँ व्यापारी एवं अलिबाबा ग्रुपका संस्थापक ज्याक माले नेपाललगायत एसियाली मुलुकलाई मेडिकल सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्। उनले नेपालसहित अफगानिस्तान, बंगलदोश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकाका लागि १८ लाख थान माक्स, दुई लाख १० हजार थान टेस्ट किट, ३६ हजार थान प्रोटेक्टिभ सुट तथा भेन्टिलेटर र थर्मोमिटर उपलब्ध गराउने घोषणा गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल ट्विटमार्फत यस्तो घोषणा गरेका हुन्। नागरिक दैनिकबाट साभार

प्रतिकृया