• ३ असोज २०८३, शनिबार
  • ९ः४७ राती

कोरोनाभाइरसका कारण मुलुकमा अघोषित संकटकाल लागेको छ : आपूर्तिमन्त्री भट्ट

प्रकाशित मिति

२०७६ चैत्र २ गते, आईतवार ०५:३६

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा अघोषित संकटकाल लागेको बताउनु भएको छ । आइतबार उपभोक्ता अधिकार दिवसका अवसरका आयोजित कार्याक्रममा बोल्दै उहाँ यस्तो बताउनु भएको हो । साथै यो संकटबाट बच्न सरकार पूर्व तयारीका साथ लागि परेको समेत उल्लेख गर्नुभएको छ ।

National Life

उद्योगमन्त्री भट्टले कोरोना भाइरसका कारण अहिले मुलुकमा अघोषित संकटकाल लागेको बताउँदै भन्नुभयो, –‘संकट टार्न सबै निकाय दिनरात नभनी खटिरहेका छन् । संकटका बेला जनता, सरकारी तथा गैरसरकारी निकाय, अधिकारकर्मी सबैको साथ र सहयोग आवश्यक छ । यो संटक राज्यले जुनसुकै हालतमा पार्न टार्छ ।’

देशमा संकट परेका बेला खाद्यवस्तु र इन्धन मौज्दात नराख्न आग्रह समेत सबैलाई आग्रह समेत गर्नुभयो । संकटका बेला उद्योग, वाणिज्य मन्त्रालयको काम महत्वपूर्ण हुने भन्दै मन्त्री भट्टले अहिले आफू र कर्मचारीहरु २४ घण्टे ड्युटीमा रहहेको पनि दावी गर्नुभयो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया